हेटौंडा अलिसा हत्याकाण्ड: मुख्य आरोपी खान पक्राउ

पालिका डायरी
१७ भाद्र २०८१, २१:१८
हेटौंडा होटल हत्याकाण्ड: मुख्य आरोपी खान पक्राउ

हेटौंडा / हेटौंडामा भएको अलिसा न्यौपानेको हत्या प्रकरणमा प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको छ।

भाद्र १० गते हेटौंडा–१० स्थित रत्ना होटलको कोठा नम्बर २०५ मा २२ वर्षीया अलिसा न्यौपानेको शव फेला परेको थियो। घटनापछि फरार रहेका ३२ वर्षीय समिर खान उर्फ चाँद खाँ पैठानलाई सोमबार साँझ हेटौंडा–५ को लट्टिनाथ मन्दिर नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीका अनुसार आरोपीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। यसअघि शनिबार प्रहरीले आरोपीकी आमा सैरुन खान (५५), श्रीमती रविना खातुन (२६), ससुरा लालबाबु खाँ पैठान (५६) र जेठान फैयाज अहमद (३०) लाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया