प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्मपन्न

पालिका डायरी
१७ भाद्र २०८१, १९:२३
प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्मपन्न

हेटौंडा /  प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल मकवानपुर जिल्ला कमिटीद्धारा इन्जिनियर्स भेटघाट तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्मपन्न गरेको छ । सोमबार हेटौंडामा आयोजित कार्यक्रममा यही भदौ २८ गते हुन गइरहेको नेपाल ईन्जिनियरिङ्ग एसोसिएसनको निर्वाचनका उम्मेदवारहरुको परिचय गरिएको हो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सभाअधक्ष्य तथा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल मकवानपुर जिल्ला कमिटी अधक्ष्य बिबेक कार्कीले प्रदेशको राजधानी हेटौडामा इन्जिनीयरहरु समुहक्रित भई राजधानीको विकासमा लागेको र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनले यसपटक उत्साहपूर्ण मत ल्याई बिजय हुने बताए ।

यस्तै, कार्यक्रममा इन्जिनियर प्रा।डा विष्णुप्रसाद पाण्डेको नेतृत्वमा नेपाल ईन्जिनियरिङ्ग एसोसिएसनको केन्द्रीय तहको निर्वाचनमा होमिने १८ सदस्यीय प्यानल सार्वजनिक गरिएको छ । जसमा उपाध्यक्षमा इ।सुमन योगेश, महासचिवमा इ।डा लक्ष्मणप्रसाद घिमिरे, उप–महासचिवमा इ। कृष्ण बहादुर पाण्डे, कोषध्यक्षमा इ। बिन्दु पौडेल र सह–कोषध्यक्षका लागि इ। राजेन्द्र गोतम निर्वाचनमा होमिने भएका छन् । सदस्यहरुमा धर्म महर्जन, निरन काफ्ले, हर्ज उम्रिन तुम्रोक लिम्बु, सूर्यप्रसाद कडरिया र पवन रावल, रमेश पौड्याल, राधा ढकाल, मनिष सुवेदी, एलिशा गौतम, नारायण प्रसाद रेग्मी, स्वाभिमान आचार्य र नितेश कुमार यादवको रहेका छन् ।

यस्तै, नेपाल इन्जिनियर्स एसोसिएसनको तेस्रो बागमती प्रदेश कार्यकरिणी समितिको निर्वाचनका लागि प्रदेशका उम्मेदवारहरुले समेतपरिचय तथा भेटघाट गरेका हुन् । प्रदेशका लागि इ। हिरामान वाइवाले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् भने उप–सभापतिमा इ। कञ्चन भट्ट, केन्द्रीय सदस्यमा इ। प्रदिप श्रेष्ठ, प्रदेश सचिवमा इ। पुष्पराज घिमिरे, सह–सचिवमा इ। दीपक याकामी, कोषाध्यक्षमा इ। श्रीबोध ज्ञवालीले उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्यहरुका लागि इ। अधिकार चालिसे, इ। निभा दाहाल, इ। रविन महर्जन, इ। स्मृती खतिवडा, इ। सन्तोष पौडेल, इ। रचिता शाही, इ। भावुक नेपाल, इ। नृपेश सापकोटा, इ। अमृत घिमिरे र इ। रविन लामिछानेले उम्मेदवारी घोषणा गरेका हुन् । मकवानपुरबाट सदस्य पदमा इ। भावुक नेपाल रहेका छ ।

समग्र मकवानपुरको बिकास र प्रगतिमा ईन्जिनियरिङ्ग क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएको हुदा सम्पूर्ण क्षेत्रको यो चुनाब चासोको बिषय बन्नु पर्ने र यस पटक मकवानपुर केन्द्रबाट उत्साहपूर्ण मत प्राप्त भइ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको प्यानल बिजय हुनेभनि प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका मकवानपुर जिल्ला इन्चार्ज प्रबेशराज देवकोटाले बताए ।

प्रतिक्रिया