सर्पकाे टाेकाइबाट बालकको मृत्यु

पालिका डायरी
१७ भाद्र २०८१, १०:४८
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

कैलालीमा सर्पले डस्दा एक बालकको ज्यान गएको छ ।

गएराति घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाकीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले विषालु सर्पको टोकाईबाट अरुणको मृत्यु भएको जानकारी दिए ।

घरमा सुतिरहेको अवस्थामा राति १२ बजे सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल पुयाइएको थियो । तर, उनको उपचारकै क्रममा राति दुई बजे निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया