नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट

पालिका डायरी
१६ भाद्र २०८१, ०७:०९

हेटौंडा /  नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको अधिवेशनको लागि भीमफेदीको नौ वटै वडाबाट सर्वसम्मत ७२ जना प्रतिनिधि छनोट भएको छ।

यही असोज पाँच गते हुने नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयनको लागि आज पालिकाको नौ वटै वडामा प्रतिनिधि छनोट भएको पालिका कमिटी अध्यक्ष सानु थापाले बताए।नेकपा एमाले भीमफेदी गाउँपालिकामा ५८० जना संगठित सदस्य रहेको छन् ।

यही आउँदो असोज ५ गते नेकपा एमाले भीमफेदी गाउँपालिकाको दोस्रो अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गराउन पार्टीको सबै तहको जिम्मेवार नेता कार्यकर्ताहरू लागिरहेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज जहर सिंह लामाले बताए। उनले आज भएको प्रतिनिधि छनोटमा सबै वडाबाट सर्वसम्मत प्रतिनिधि पठाउन सफल भएको सबै वडा कमिटीलाई धन्यवाद पनि दिए। ५ नम्बर वडा अध्यक्षसमेत रहेका लामाले असोज ५ गते हुने नेकपा एमालेको दोस्रो गाउँ अधिवेशन सफल बनाउन लाग्न भीमफेदीका सबै नेता कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया