बर्दिबासमा कल्भर्टमुनि भेटियो वडाध्यक्षको शव

पालिका डायरी
९ भाद्र २०८१, १०:४९
बर्दिबासमा कल्भर्टमुनि भेटियो वडाध्यक्षको शव

महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर- २ का अध्यक्ष मुकेश यादवको शव फेला परेको छ ।

बर्दिबास नगरपालिका- ८ मा पर्ने बर्दिबास- जलेश्वर सडक खण्डको कल्भर्टमुनी आज बिहान यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

‘म अहिले घटनास्थलमै छु। शव र यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि घटनास्थलमै छ,’ उनले भने, ‘घटनाको अनुसन्धान चलिरहेको छ।’  वडाध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडाध्यक्ष यादव मृत भेटिएपछि अहिले बर्दिबास जलेश्वर सडक खण्ड अबरुद्ध छ।

स्थानीयले घटना शंकास्पद रहेको दाबी गरेका छन् । तर, डीएसपी जयसवालले भने अहिले नै यादवको मृत्युको कारण भन्न नसकिने बताए।

प्रतिक्रिया