चितवनमा खोलाले बगाउँदा ६ वर्षीय बालकको मृत्यु
हेटौंडा / चितवनमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ७ का उत्तम अर्यालको ६ वर्षीय छोरा हरि राम अर्याल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
हिजाे (मंगलबार) दिउसाे ३ बजेतिर कालिका नगरपालिका–७ स्थित स्याउली बजारको बुङखोलामा हातखुट्टा धुने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले बगाएको ठाउँबाट करिब ४ किलोमिटर तल कालिका नगरपालिका–६ मिलिजुली टोलको कुलोमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त शव पोष्टमार्टमको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा राखिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया

