नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा भण्डारी
हेटाैंडा / नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् ।
नेकपा एमाले निकट व्यवसायी सङ्गठन उद्योग परिषदको मंगलबार हेटौडामा भएको पहिलो अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्षसमेत रहेका भण्डारीको अध्यक्षता ९ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
समिति उपाध्यक्षमा सजित कार्की, सचिवमा चेत बहादुर थापा र कोषाध्यक्षमा देवकृष्ण विक चयन भएका छन् । यस्तै सदस्यहरुमा धुर्व सिंह पाख्रिन, सुरज कार्की, सुनित आचार्य, रमेश आचार्य र विष्णु सिलवाल चयन भए । गठित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, प्रदेश सदस्यहरु रघु खुलाल, एकालाल श्रेष्ठ र जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा र सचिव सीता विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

