पोखराबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
पोखराबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको कैलाश हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ।
नाइन एन एएमएल कलसाइन भएको धादिङको थाक्रे गाउँपालिका ७ आठकिलोमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो।
पोखराको मनिपाल अस्पतालबाट विमारी लिएर आएको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको बताइएको छ।
पोखराबाट बिरामी तिलकप्रसाद पराजुली सहित ५ जना यात्रु ल्याएको हेलिकप्टर आठकिलो भन्ने स्थानको धान खेतमा सुरक्षित अवतरण गरेको हो।
प्रतिक्रिया