हेटौंडामा ‘मिस्टर नेपाल २०२४ का आयुष बोम्जनको समर्थनमा जिताऔँ अभियान शुरु

पालिका डायरी
२९ श्रावण २०८१, १६:१३

मकवानपुर / हेटौंडा उपमहानगरपालिकामा एक महत्वपूर्ण अभियान शुरु भएको छ । हेटौँडा उपमहानगरपालिका-१५ नम्बर वडाका युवा आयुष बोम्जनलाई ‘मिस्टर नेपाल २०२४’ प्रतियोगितामा विजयी गराउने उद्देश्यले यो अभियान थालनी गरिएको हो । टोल विकास संस्था समन्वय समिति हेटौंडा-१५ ले आज एक विशेष कार्यक्रमको आयोजना गरी यस अभियानको औपचारिक शुभारम्भ गरेको छ ।


मकवानपुर हेटौंडा नगरवासीको शान, मिस्टर नेपाल आयुष बोम्जन जिताऔँ अभियान’ भन्ने नाराको साथ अभियान शुरु गरेको हो । टोल विकास समन्वय समिति हेटौंडा-१५ का अध्यक्ष सिंह बहादुर विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नं। १५ का अध्यक्ष सुनिल मोक्तानले आयुष बोम्जनलाई मिस्टर नेपाल २०२४ को विजेता बनाउन सम्पूर्ण नगरवासीलाई एकजुट हुन आह्वान गर्नुभयो ।


उहाँले भन्नुभयो , ‘आयूष हाम्रो हेटौंडाको मात्र नभई सम्पूर्ण मकवानपुरको शान हुनुहुन्छ, उहाँलाई विजयी गराउन हामी सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग र समर्थन गर्नुपर्छ।’ प्रतियोगितामा विजयी हुन प्रस्तुति र भोटिङ दुवैको महत्व रहने भएकोले अध्यक्ष मोक्तानले सबैलाई भोटिङ प्रक्रियामा सक्रिय सहभागिता जनाउन र आर्थिक सहयोग समेत गर्न अपिल गर्नुभयो ।


कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं। १० अध्यक्ष फुर्वा दोर्जे लामा, वडा नं। ११ अध्यक्ष जुना दाहाल, भीमफेदी गाउँपालिका वडा नं। ४ अध्यक्ष सागर पाण्डे, युवा नेता सन्तोष चौलागाईं, आरती पाठक, नरेन्द्र भण्डारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले आयुषलाई भोट गरेर जिताउन आग्रह गर्दै मकवानपुरको शान हाम्रो लागि गौरवको विषय हो भन्दै व्यापक अभियान नै सञ्चालन गरेर जिताउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।


आयुष भोटिङ राउन्डमा पुगेका छन् । मिस्टर नेपाल २०२४ प्रतियोगितामा आयुष बोम्जनको भोटिङ कोड ६ रहेको छ । भोट हाल्नका लागि ई-सेवा एप डाउनलोड गर्नुपर्नेछ । एपमा भोटिङ र इभेन्ट सेक्सनमा गएर ‘मिस्टर नेपाल’ को भोटिङ अप्सनमा गई कोड ६ छनोट गरेर भोट दिन सकिन्छ ।
प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालका अनुसार १८ देखि ३२ वर्ष उमेर समूहका युवाहरूलाई यस प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिएको थियो । विजेताले मिस्टर वल्र्ड २०२४ वा मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका साथै नगद पुरस्कार र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् ।


यसरी हेटौंडाका आयुष बोम्जनलाई मिस्टर नेपाल २०२४ को ताज पर्हियाउने लक्ष्यका साथ स्थानीय समुदाय र जनप्रतिनिधिहरू एकजुट भएका छन् । यस अभियानले केवल आयूषको व्यक्तिगत सफलतालाई बढावा दिनुको साथै समग्र हेटौंडा र मकवानपुर जिल्लाको गौरव बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
32eb6fec-0c5b-499f-8649-9da5b7d3f036