अन्ततः रास्वपा सांसदलाई सभामुखले बोल्न दिए, बिद्युत महशुलबारे रास्वपाले उठायो प्रश्न
काठमाडौं / प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन् ।
सभामुख घिमिरेले आकस्मिक समयमा एउटै बिषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर बिरोध जनाएको थियो । त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो ।
अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिएका थिए । ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले बिधुत महशुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी बिद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै बिधुत महशुल उठाउन पनि निर्देशन दिनु परयो’ उनले भने ।
बिद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सिमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ ।