मनसुनी रेखा नेपालबाट केही टाढा भयो, अब ३ दिन वर्षा घट्ने सम्भावना

पालिका डायरी
२९ असार २०८१, १५:५६
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

आज (शनिबार) देखि मनसुनको सक्रिय केही कम भएको र वर्षाको मात्रा घट्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

गत बुधबार रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आउँदा बिहीबार र शुक्रबार देशभर व्यापक वर्षा भएको थियो । तर आजदेखि भने मनसुनको न्यून चापीय रेखा नेपालबाट केही तल सरेकाले वर्षाको मात्रा घट्ने सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले बताइन् ।

‘आजदेखि हिजोअस्तिको जस्तो धेरै ठूलो वर्षा हुँदैन’, मौसमविद् महर्जनले शनिबार दिउँसो नेपालखबरसँग भनिन्, ‘अब कम्तीमा ३ दिनलाई वर्षाको मात्रा अलि कम नै हुन्छ ।’ तर आज कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको उनले बताइन् । आज काठमाडौँ उपत्यकामा पनि घाम लागेको छ । ‘अपराह्नतिर बादल बढेर वर्षा हुने सम्भावना छ’, उनले भनिन् ।

यसअघि गत बुधबार विशेष बुलेटिन जारी गरी मौसम महाशाखाले मनसुनी रेखा नेपालनजिक भएकाले व्यापक वर्षाका कारण बाढीपहिरोबाट बच्न असार २९ गते (आज) बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया