त्रिशूलीमा बेपत्ता झण्डै ५४ मध्ये १७ जनाको नाम खुल्यो

आज बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ । बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन् । यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो ।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । वीरगन्ज बसपार्क नजिक घर भएका बस चालक जवाहिर महतो पनि त्रिशूलीमा बेपत्ता छन् ।
उक्त बसका धनी, चालक र सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए । यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ ।
त्रिशूलीमा खसेकाे अर्काे बसमा झण्डै ३० जना यात्रु सबार हेको अनुमान प्रहरीको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने भरतपुर महानगरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले एकसाथ दुईवटा बसलाई बगाएर त्रिशूली नदीमा झारेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नदीमा बेपत्ताको खोजी थालेका जानकारी दिए ।
आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३-०० १ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।
यी हुन् नाम खुलेका बेपत्ता १७ यात्रु