विपद व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पालिका डायरी
२४ असार २०८१, १६:५६
विपद व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौंडा / नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला विपद व्यवस्थापन तथा स्वयंसेवा विभागको आयोजनामा विपद व्यवस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विभागका प्रमुख शिवहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य एवं संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरू रामचन्द्र राइ र नवराज तिमल्सिना, नेकपा एमाले जिल्ला

अध्यक्ष श्रीधर पोखरेल, सचिव सीता बिष्ट, जिल्ला सदस्यहरू सुमित्रा पाण्डे, सन्तोष पौडेल, मिलन पाठक, आकाश अधिकारी, दिलु घर्ती, किताप सि लामा, लेखा आयोगका उपाध्यक्ष नितेश लामिछाने, नगर सचिवालय सदस्य कवि रेग्मी तथा सुरेश बेरोजगार लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले मकवानपुरले प्राकृतिक प्रकोप तथा अन्य विपद प्रतिकार्यमा उद्धार, राहत तथा पुनस्थापनाको काममा स्वयंसेवकीय भूमिका निर्वाह गर्न स्वयंसेवक टोली तयार गरिएको हो ।

नेकपा एमालेका विभिन्न जनवर्गीय सङ्गठन तथा पार्टी कमिटीका ५० जना स्वयंसेवकलाई तालिम प्रदान गरिएको नेकपा एमाले मकवानपुर जिल्ला विपद व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख शिवहरि दाहालले जानकारी दिए ।

प्रमुख दाहालले जिल्लामा बाढी , पहिरो, डुबान , आगलागी, हरि बतास लगायतको प्राकृतिक प्रकोप तथा अन्य बिपद्मा स्थानीय प्रशासन एवं स्थानीय सरकारसँग समन्वय एवं सहकार्य गरेर स्वयंसेवक परिचालन गर्ने बताए । तालिमलाई लक्ष्मण भट्टराई तथा रामजी खतिवडाले सहजिकरण गरेका थिए ।

 

प्रतिक्रिया