हेटौंडा-४ द्वारा एसइई उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

हेटौंडा / हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको छ । बुधबार ४ नम्बर वडा कार्यलयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक बधाई सम्मान एवम् पुरस्कार वितरण गरेको हो ।
शैक्षिक सुधार समितिको अध्यक्ष श्रीराम दाहालको सभा अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यतामा सम्पन्न् कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी लगाएतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा ४ नम्बर वडका अध्यक्ष नवीन सिग्देलले २०८० सालको एसइई सफल हुनुमा शिक्षक विद्यार्थी र अभिभावक सबैको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवाद दिए । अध्यक्ष सिग्देलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ ले शिक्षा क्षेत्रको समग्र प्रगति गरेको बताएका छन् । उनले अहिले चार नम्बर वडाले शैक्षिक सुधारको लागि शैक्षिक आन्दोलन गरिरहेको बताए । यस्तै उनले संस्थागत विद्यालय र सामुदायिक विद्यालयलाई सहकार्य गरि शैक्षिक गुणस्तर समिति निर्माण शिक्षामा लगानी गरेर शैक्षिक सुधारमा लागेको बताए ।
त्यस्तै प्रमुख अतिथि डोरमणि पौडेलले आफूले आज भन्दा तीस बर्गार्ष अगाडि नै भौतिक पूर्वाधारको विकास भन्दा शिक्षामा विकास महत्त्वपूर्ण रहेको बताए। शिक्षा सुधारमा लागेको बताउँदै उनले भने, उनले शैक्षिक विकासलाई उकास्न शिक्षक धेरै लागिपरर्नु परेको छ । उनले शिक्षा सुधारको प्रमुख तत्व भनेकै शिक्षक भएकोले शिक्षक पूरा तयारिका साथ विद्यार्थी माझ जान पर्ने बताए । उनले शिक्षाको क्षेत्रमा हेटौंडा ४ ले धेरै उपलब्धि प्राप्त गरेकोले वडा नम्बर ४ लगाएत सबै शिक्षक विद्यार्थी अभिभावक लगाएत विद्यालय ब्यवस्थापन समितिलाइ धन्यवाद दिए । उनले नेपालमा केहि हुदैन भन्ने मनस्थितिलार्र्इ पतिवर्तन गरेर आफ्ना नानिबाबुलाइ नेपालमै पढाएर उनिहरुलाइ यहि बसेर काम गर्ने वाताबरणको सिर्जना गरेर १२ पास गर्ना साथ पासपोर्ट बनाउने परिपाटिको अन्त्य गर्न अनुरोध गरे ।
पौडेलले अहिले हेटौंडामा विभिन्न बिषयमा प्राविधिक शिक्षा देखि विद्यार्थीले रोजेको सबै बिषय अध्ययन गर्न पाउने भएकोले सबै विद्यार्थीलई मकवानपुरमै रहेको क्याप्मसमा अध्ययन गर्न आग्रह समेत गरे । उनले शिक्षा र स्वास्थमा यतीधेरै उपलब्धि हुँदा पनि केहि विकास विरोधि तत्वहरु परिवर्तन देख्न नसकेकोले मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिस्कष्ठान विरुद्दमा लागिरहेको भन्दै यसको विरुद्धमा हामी सबै लाग्न पनि अनुरोध गरे ।
कार्यक्रममा मकवानपुरमा ४ जीपीए सहित उत्कृष्ट भएकी बालजागृती स्कुलकी छात्रा रितिका छत्कुलीलाई नगद १० हजार रुपैंया सहित सम्मान पत्रले सम्मान गरिएको थियो भने वडा भित्रका विद्यालयबाट एसइई उत्तीर्ण भएका विद्यर्थाीहरु तथा शिक्षकहरुलाई सम्मान गरिएको हो ।
