काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

पालिका डायरी
१८ असार २०८१, १२:०८
काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए ।

रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् भने उपसभापति डिपी अर्याल श्रममन्त्री, सुमन श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री रहेका छन् ।

प्रतिक्रिया