मकवानपुरको कैलाशमा एक पुरुष मृत भेटिए

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका वडा नं.१० बेतेघारीमा एक पुरुषको शव फेला परेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार कैलाश गाउँपालिका वडा नं.१० गोपीराङ बस्ने अन्दाजी बर्ष ५५ को पुर्ण बहादुर प्रजा सोमबार मृत फेला परेका हुन् ।
मृतक दैनिक ज्यालादारी गर्दै मादक पदार्थ सेवनगरी हिड्ने भनि स्थानियले जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया