तोलामा चार हजारले घट्यो सुनको मुल्य
![सुनको भाउ बढ्यो, चाँदीको घट्यो](https://www.palikadiary.com/wp-content/uploads/2023/12/gold_silver_3nDNVFv7MT.jpg)
काठमाडौं / नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० पुगेको छ । यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मुल्य थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।
प्रतिक्रिया