सवारी दुर्घटना हुँदा ५ घाइते

पालिका डायरी
२६ जेष्ठ २०८१, १६:५८
accident palika

हेटौंडा / दाङमा अटो र बस एकआपसमा ठोकिँदा ५ घाइते भएका छन्। तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले तुलसीपुर ७ शान्तिपार्क चौकमा रा १ ह २२०७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
घाइते ३ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ। घाइतेहरूलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गरिएको प्रहरी निरीक्षक थापाले बताए। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया