एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, उपाध्यक्षमा लामा र सचिवमा विष्ट निर्वाचित

पालिका डायरी
२१ जेष्ठ २०८१, १६:११

हेटौंडा / नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्। एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा कुल ७७७ प्रतिनिधिमध्ये खसेको ७६५ मत खसेकोमा पोखरेल ३१३ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको दुई वर्षपछि नेकपा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित हुने अवसर पाएका पोखरेल जिल्लाका प्रभावशाली नेता हुन् ।

उनले २५ वैशाख २०७९ मा नेकपा एसबाट राजीननामा दिएका थिए । त्यसको भोलिपल्ट नै पोखरेल नेकपा एमालेमा प्रवेश गरेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका थिए । अध्यक्ष पदका लागि ४ जना बीचमा भएको चुनावी प्रतिस्पर्धामा पौडेल निकट मानिएका स्याङतान २६२ मत सहित पराजित भए ।
यता, उपाध्यक्षमा भीमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका हिदम लामा निर्वाचित भएका छन् । कुल मतमा ४७६ मत सहित उनी विजयी भएका छन् भने सचिवमा सीता विष्ट , उपसचिवमा फुर्वा लामा उपसचिव महिलातर्फ आरती पाठक निर्वाचित भएका हुन्।

प्रतिक्रिया