बजेटबारे फेरियो ओलीको बोली, भने– असन्तुष्टि होइन

पालिका डायरी
२० जेष्ठ २०८१, १७:५९
एमाले अध्यक्ष ओली अस्वस्थ file photo

हेटौंडा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा जवाफ दिँदै उनले असन्तुष्टि नरहेको तर छलफल गरेर बजेटट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए।
‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो,’ उनले भने ।
यसअघि उनले आजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । ओलीले हिजो (शनिबार) पार्टी संसदीय दलको बैठकमा बजेटमाथि असन्तुष्टि जनाउँदै अर्थमन्त्री वर्षमान पुन पार्टीतिर ढल्किएको टिप्पणी गरेका थिए ।
संसदमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ।

प्रतिक्रिया