हेटौंडाबाट एक बालक सहित २ जना पक्राउ

पालिका डायरी
१९ जेष्ठ २०८१, १२:१४
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा  / हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक प्वईन्टबाट एक बालकसहित दुई जना पक्राउ परेका छन् ।

२ किलो ५०० ग्राम गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष २८ को जीवन लामा र सोहि बस्ने वर्ष १६ को एक किशोरलाई शुक्रबार पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३ख ८३८२ नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसमा लामा र बालकलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा जिवन लामाले बोकेको कालो झोला भित्र प्लाष्टिकले बेरेको अवस्थामा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले फेला परेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको बताईएको छ ।

प्रतिक्रिया