भीमफेदीमा कार दुर्घटना ३ जनाको मृत्यु

पालिका डायरी
१६ जेष्ठ २०८१, २१:०३
भीमफेदीमा कार भिरबाट खस्यो, ३ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

हेटौंडा–भैसे–भीमफेदी– काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइते ५ जना मध्ये तीन जनाको उपचारका क्रममा हेटौंडामा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । घाइतेहरुको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया