शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

पालिका डायरी
१२ जेष्ठ २०८१, २१:१०

हेटौंडा / शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । शनिबार सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थितीमा हेटौंडामा शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघको आयोजनामा भएको कार्यक्रममा मकवानपुरका पाँच वटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका प्र.अ तथा विद्यलाय व्यवस्थापन समितिका अध्यक्षहरुको बीचमा अन्तरक्रिया गरिएको हो ।

जिल्लाको बागमती गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा रहेका विद्यालयका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा जिल्लाको उत्कृष्ट घोषित भएको हेटौंडा ४ मा रहेको श्री आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय र हेटौंडा १६ मा रहेको श्री जनप्रिय माध्यामिक विद्यालय तथा प्राविधिक शिक्षालयको बिषयमा तयार पारिएको बृत्तचित्र प्रशारण गरिएको थियो ।

कार्यक्रमा उपस्थित प्रधानाध्यापक र वि.व्य अध्यक्षहरुले ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ भन्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष कसम खाएका हुन् । उनीहरुको प्रतिवद्धतामा मुख्यमन्त्री जम्मकट्टेलले समेत समर्थन जनाउँदै उक्त नारा आफूले समेत अनुसरण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममासामाजिक विकास मन्त्री कुमारी मोक्तान, खानेपानी, उर्जा एवम् सिचाई मन्त्री एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्राध्यापक डा. विद्यानाथ कोइराला, प्रा.डा. पेशल खनाल, शिक्षा विकास समन्वय ईकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया