हेटौंडा १५ मा आगामी आवको योजना तर्जुमाका बिषयमा छलफल

राम कुमार दानी
९ जेष्ठ २०८१, २०:३२

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाका जनप्रतिनिधिहरूको पदभार ग्रहणको दोस्रो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

बार्षिक उत्सोवको अवसरमा वडा कार्यालयमा विषेश कार्यक्रम सहित आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि योजना तर्जुमा सम्बन्धि छलफल समेत गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष सुनिल मोक्तानले स्थानीय सरकारले आगामी आर्थिक बर्षको योजनामा वडाका सबै क्षेत्रलाई समेटेर योजना बनाइने बताए । वडामा रहेका विभिन्न सरोकारवाला व्यक्तिहरुबाट आएको सल्लाह र सुझाव संकलन गर्ने र सोही सुझावमा टेकेर वडाको नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धा व्यक्त गरे ।

अध्यक्ष मोक्तानले लुकाएर केही काम नगर्ने बताउँदै सूचनाको हक प्राप्त गर्न पाउने वडाबासी भएकोले वडाको हरेक कार्यक्रम समुदायमा छलफल गरेर मात्रै निर्णय लिइने बताए । उनले हेटौंडा उपमहानगरपालिका भए पनि आफ्नो वडाको धेरै भुभाग दुर्गम भएकोले काम गर्न चुनौती रहेको बताए ।

त्यसैगरी समयमा काम पुरा गर्ने  उपभोक्ता समिति,  एस ई ई परिक्षामा उत्कृष्ट नम्बर लेराउने विद्यार्थी, उत्कृष्ट  टोल विकास समिति लगायत वडाको उत्कृष्ट कर्मचारीलाई सम्मान पत्र मार्फत सम्मान समेत गरिएको थियो ।

वडाध्यक्ष मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पातलिमाया गोङ्वा, मिनु बिश्वकर्मा, सिंह बहादुर लो, वडा सचीव कृष्ण बहादुर क्षेत्री, नेपाली कांग्रेसका प्रतिनिधि नवराज घलान, नेकपा एमालेको प्रतिनिधि सिंह बहादुर बिश्वकर्मा, माओवादी केन्द्रका प्रतिनिधि चन्द्र बहादुर खत्री राप्रपा नेपालका प्रतिनिधि प्रेम बहादुर तितुङ्ग सहित पूर्व जनप्रतिनिधि लगाएत संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया