बागमती प्रदेश सभा : संसदीय सभापतिले लिए शपथ

पालिका डायरी
७ जेष्ठ २०८१, १७:४७

हेटौंडा / बागमती प्रदेश सभामा रहेको संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संसदीय समितिका ६ जना सभापतिले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभापतिहरुलाई शपथ ग्रहण गराएका हुन्। प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य, प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।


उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमालेका हुन् भने शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्रका सांसद हुन्। यस्तै, प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेसबाट निर्वाचित सांसद हुन् । अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा नेकपा एकीकृत समाजवादीकीका सांसद हुन् ।
प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको डेढ दशकपछि बिषयगत संसदीय समितिहरुले पूर्णता पाएको हो ।

प्रतिक्रिया