मकवानपुरमा पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ

पालिका डायरी
७ जेष्ठ २०८१, ०८:१०
मकवानपुरमा पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ

चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त टोलीले चोरी गरिएका पाँच वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरुको खोजतलास गर्ने एवं चोरी नियन्त्रण गर्ने क्रममा नियन्त्रणमा लिएका व्यत्तिहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेकाे हाे ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका(१५ का २० वर्षीय मिलन पाख्रिन, हेटौँडा उपमहानगरपालिका-१६ का ३० वर्षीय रत्नबहादुर गोले, हेटौँडा-८ का १९ वर्षीय संजीव भोलन, बकैया गाउँपालिका-८ का ३३ वर्षीय रमेश लोप्चन, ईन्द्रसरोवर गाउँपालिका-५ का सुवास बोम्जन, हेटौँडा उपमहानगरपालिका-१९ का अशोक स्याङ्तान रहेका छन् ।

चोरी गरेका पाँच वटा मोटरसाइकलहरु पनि उनीहरुबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए । उनीहरुले ५ वटा मोटरसाइकल विभिन्न स्थानबाट फरकरफरक मितिमा चोरी गरेका हुन् ।

पक्राउ परेका ६ जनालाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया