राष्ट्रिय युवा संघ नेपाल भीमफेदीद्वारा बाराही आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

पालिका डायरी
१ जेष्ठ २०८१, २१:२०

हेटौंडा / राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको आज देशै भरी भिन्न कार्यक्रम गर्दै मनाइएको छ । यसै क्रममा राष्ट्रिय युवा संघ नेपाल भीमफेदी पालिका कमिटीले भीमफेदी गाउँपालिका वडा नम्बर ५ दमार स्थित श्री बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

विद्यालयको प्राङ्गणमा आज एक कार्यक्रमको बिच उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जगत मोक्तानको सभाअध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य  प्रकाश लामाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको थियो ।  

राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेश कमिटीको सदस्य इन्साप केसी,  भीमफेदी गाउँपालिका कमिटीको अध्यक्ष बादल सिलवाल, उपाध्यक्ष सुदीप चिमोरिया,  सचिव भोला राम सिकारी लगायतको आतिथ्यता रहेको थियाे ।  

प्रमुख अतिथि तथा  राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य प्रकाश लामाले सामाजिक सदभाव र विद्यार्थी भाइबहिनीहरूलाई गुणस्तरीय  शिक्षामा जोड दिनको लागि अंग्रेजी माध्यमको किताब कपी लगायत अंग्रेजीसङ सम्बन्धित सामाग्री वितरण गरिएको बताए । लामाले युवा संघ सधैँ सुखी नेपाली समृद्ध नेपाल निर्माणमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया