वस्तु खपत अझै हुन सकेन, ऋण लगानी २ खर्ब बढ्यो

पालिका डायरी
३० बैशाख २०८१, १५:४४

आज नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको समग्र सूचकहरू सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मुख्य दुई सूचक कमजोर र अर्थतन्त्र चलायमान बनाउन बाधक बनेको देखिएको छ। यसअनुसार नेपालमा वस्तु खपत कम भइरहेको र लगानी कमजोर भइरहेको देखिएको छ।

नौ महिनामा आयातनिर्यात कम भएको छ भने वस्तु उत्पादन समेत घटेको छ। विदेश निर्यात हुने वस्तु नेपालमा समेत खपत हुन्छ। यसको रेसियो कमजोर देखिएको छ। यसले नेपालमा समेत वस्तु खपत नभएको संकेत गर्छ। भन्सारबाट राष्ट्र बैंकले सापट लिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आएको छ। १ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आएको छ। ११ खर्ब ६७ अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै वस्तु आयत भएको छ। यो तथ्याङ्क अनुसार वस्तु खपत नेपालमा घटेको देखिएको छ। यसले अर्थतन्त्र चलायमान बनाउन नसकेको देखिएको हो। त्यस्तै अर्थतन्त्र चलायमान बनाउने प्रमुख सूचक लगानी समेत हो।

बैंक तथा वित्तीय क्षेत्रमार्फत हुने कर्जा लगानी पनि अहिलेसम्म उत्साहप्रद देखिएको छैन। चालू आर्थिक वर्षको सुरुमा निकै कमजोर रहेको कर्जा विस्तार अहिले भने केही अघि बढ्नथालेको देखिएको छ। राष्ट्र बैंकका अनुसार ९ महिना अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब २२ अर्ब २१ करोड ९४.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ अर्ब ६१ अर्ब ९८ करोड ९३।५ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया