चित्लाङ–चन्द्रागिरी सडक खण्डमा लोडर दुर्घटना, एक जनाको मृत्यु

पालिका डायरी
२३ बैशाख २०८१, १२:२६
चित्लाङ–चन्द्रागिरी सडक खण्डमा लोडर दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा / चित्लाङ–चन्द्रागिरी–थानकोट सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

शनिबार दिउँसो चित्लाङ–चन्द्रागिरी–थानकोट सडक खण्डमा सडक मर्मतमा कार्यमा खटिएको लोडरले ग्राबेल सम्याउने क्रममा आफै अनियन्त्रित भई पल्टिदा लोडरको हेल्पर नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा ६ घर भएका २८ वर्षीय सागर भण्डारीको च्यापियर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसनर काठमाडौं सडक डिभिजन कार्यालयको आर डि १०१–०३८ नम्बरको लोडरले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागी टिचिङ अस्पताल काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।

लोडर चालक ललितपुर जिल्ला गोदावरी नगरपालिका १२ बस्ने ५६ बर्षीय धर्मभक्त महर्जनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रण लिएको छ । लोडर भने प्रहरी कार्यालय चित्लाङमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया