पशुपति मन्दिरमा सिन्केधुप वाल्न र स्पिकर वजाउन नपाइने

पालिका डायरी
२३ बैशाख २०८१, ११:४५
पशुपति मन्दिरमा सिन्केधुप वाल्न र माईक, स्पिकर वजाउन नपाइने

हेटौंडा / हेटौंडा ४ स्थित भुवनेश्वर सेवा समिति पशुपति मन्दिरको ११ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक र भए गरेका कामको प्रगति बिबरण समेत परिमार्जन सहित पारित गरेको छ । साधारण सभाले बातावरणीय प्रदुशण हुन नदिनको लागि मन्दिर परिसरमा सिन्केुधप बाल्न नदिने र बिशेष पर्ब भन्दा अरु समयमा मन्दिरमा  स्पिकर बजाउन नपाउने निर्णय समेत गरेको छ ।

उक्त साधारण सभावाट जगन्नाथ पाण्डे अध्यक्ष, तेजप्रसाद रुपाखेती वरीष्ठ उपाध्यक्ष, राम प्रसाद बिडारी, उपाध्यक्ष, नानीराम अर्याल सचिव, पूर्णमान श्रेष्ठ कोषाध्यक्ष, शान्ती श्रेष्ठ सह सचिव, अर्जुन प्रसाद देवकोटा सह सचिव र सदस्यहरुमा बिष्णु प्रसाद मैनाली, पुरुषोत्तम प्रधान, रमेश बहादुर कोइराला, रामहरी प्रसाई, शिवराम न्यौपाने, रिता घिमिरे, शान्ता बराल, दुर्गा घिमिरे घोरासैनी, त्यसै गरी लेखा समिति संयोजकमा हरि प्रसाद ढकाल र सदस्यहरुमा उद्धव प्रसाद भट्टराई, दामोदर पौडेल, भोला प्रसाद भट्टराई, सुन्दर न्यौपाने निर्वीरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक ध्रुब प्रसाद चौलागाईले जानकारी दिए ।

 

प्रतिक्रिया