युवा संघ भीमफेदी कमिटीको प्रथम बैठक सम्पन्न, स्थापना दिवस र प्रशिक्षण कार्यक्रम गर्ने

पालिका डायरी
२२ बैशाख २०८१, २१:४८

हेटौंडा / राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।

शनिबार सम्पन्न बैठकमा भीमफेदी गाउँपालिका युवा संघका अध्यक्ष बादल सिलवालको सभाध्यक्षता तथा राष्ट्रीय युवा संघ नेपालका केन्द्रीय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकले महत्वपूर्ण निर्णय गरेको अध्यक्ष सिलवालले बताए ।

बैठकले कमिटीको समिक्षा, बिभागीय जिम्मेवारी बाँडफाँड, सचिवालय गठन, तथा आगामी जेष्ठ १ गते राष्ट्रिय युवा संघ को स्थापना दिवस विभिन्न कार्यक्रमहरू गर्दै मनाउने निर्णय गरेको अध्यक्ष सिलवालले जानकारी दिए । यस्तै राष्ट्रिय युवा संघ भीमफ़ेदी गाँउपालिका कमिटीको प्रशिक्षण कार्यक्रम गर्ने गर्ने समेत निर्णय गरिएको बताइएको छ।

बैठकमा नेकपा एमाले भीमफ़ेदी गाँउपालिका अध्यक्ष सानु थापा मगर, युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटी, राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला सदस्य अनिल अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । बैठकको सहजीकरण राष्ट्रिय युवा संघ भीमफेदी गाउँ कमिटीका सचिव बलराम शिकारीले गरेका थिए ।

प्रतिक्रिया