श्रमिक अधिकारका लागि जिफन्टको भव्य कार्यक्रम सम्पन्न

पालिका डायरी
१९ बैशाख २०८१, १४:२२

राम कुमार दानी

हेटौंडा / सम्झौताको लागि सुदृढ लोकतन्त्र सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र भन्ने मूल नाराको साथ १३५ औ अन्तराष्ट्रिय श्रमिक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।  नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) बागमती प्रदेश कमिटीको आयोजनामा आज प्रदेशको राजधानी हेटौंडामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमाले केन्द्रिय कमिटीको पोलिट ब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञावलिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेशको खानेपानी उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठको विशेष आतिथ्यतामा भएको कोण सभामा नेकपा एमाले  बागमती प्रदेश कमिटी सदस्यहरू जिल्ला कमिटी सदस्यहरूको आतिथ्यता रहेको थियो ।  कार्यक्रममा शिवम् सिमेन्ट लगायतका बिभिन्न उद्योगहरू बाट नेपाल ट्रेड युनियन महासंघमा आवद्द रहेका श्रमिकहरूको उपस्थिति रहेको थियो ।

नेपाल ट्रेड युनियन महा संघ श्रमिकहरूको अधिकारको लागि सधै अग्रसर भएर एउटा सतिसाल झै भएर उभिएको नेकपा एमाले निकट भात्री सङ्गठन हो । सङ्गठनले वार्षिक रूपमा यस कार्यक्रम गर्दै आएको छ । आज हेटौंडाको फरेस्टि गेटबाट सुरु भएको र्याली बुद्धचोकमा आएर कोण सभामा परिणत भइ कार्यक्रम समापन भएको हो ।

प्रतिक्रिया