धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न भीमफेदीमा सात दिने होम स्टे तालिम शुरु

राम कुमार दानी
१३ बैशाख २०८१, ०६:१४
धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न भीमफेदीमा सात दिने होम स्टे तालिम शुरु

राम कुमार दानी

 

” प्राकृति श्रोत, कृषि, पर्यटन र पूर्वाधारः सुखी र समृद्ध भीमफेदी निर्माणको आधार ” भन्ने मूल नाराका साथ भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ महादेवटारमा सात दिने होम स्टे सञ्चालन सम्बन्धी तालिम बुधबार देखि शुरु भएको छ भने बैशाख १८ गरे सम्म हुनेछ ।

लटारम्बेश्वर महादेव मन्दिर क्षेत्रको पूर्वाधार विकास पछाडि उक्त क्षेत्रमा धार्मिक र हाइकिङ जाने पर्यटकहरूको चाप बढे सँगै खाना बस्नको सुविधा उपलब्ध गराउन र स्थानीयलाई  रोजगार सिर्जना गर्ने उद्देश्यका साथ महादेवटार क्षेत्रका २५ जना युवाहरूलाई होम स्टे सञ्चालन सम्बन्धी तालिम सञ्चालन गर्न लागिएको प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । उनले स्थानीयलाई आवश्यक वस्तुहरूको उत्पादन स्थानीय स्तरमा गरेर आत्मनिर्भर भन्न पनि आग्रह गरेका छन् । उनले लटारम्बेश्वर महादेवलाई सिरमा राखेर युवाहरूलाई विदेशको ५० डिग्रीको घाममा हैन आफ्नै ठाउँमा उत्पादनमा जोडेर आफ्नो जीवन परिवर्तन गर्न आग्रह गरे समेत गरेका छन् । अहिले सहरका मान्छेले गाउँमा उत्पादन भएको अर्गानिक सामानलाई खान रुचाउने भएकोले सबै युवाहरूलाई उत्पादनमा आधारित काममा जोसिन आग्रह गरे ।

भीमफेदी गाउँपालिका ८ नम्बर वडा अध्यक्ष विष्णु बहादुर भोलनको सभाअध्यक्षता मा सञ्चालित तालिमको गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सन्जिव श्रेष्ठ विशेष अतिथि रहेका थिए । कार्यक्रममा न्यायिक समिति सदस्य दोय रिता कुमारी मगर र उदय प्रसाद हटवाल लगायतको आतिथ्यता रहेको थियो । 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो । यसैबीच बुधबारनै न्यायिक समिति भीमफेदी गाउँपालिकाले कानुनी सचेतता कार्यक्रम पनि सम्पन्न गरिएको छ । उक्त कानुनी सचेतना कार्यक्रमलाई  अधिवक्ता बालकृष्ण अधिकारीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया