माओवादी केन्द्र पुनः उदय अत्यन्तै नजिक छ : ईन्चार्ज गौतम

पालिका डायरी
५ बैशाख २०८१
पुनः उदय अत्यन्तै नजिक

हेटौंडा/ नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी पुनः उदय अत्यन्तै नजिक रहेको दाबी गरेका  छन् ।

नेकपा (माओवादी केन्द्र)  हेटौंडा उपमहानगरपालिका वडा नं। १ को दोश्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता गौतमले व्यवस्था बदलेर आएको नेकपा माओवादी २०६४ सालम सबैभन्दा ठूलो शक्तिको रुपमा जनअनुमोदित भएको चर्चा गर्दै यतिबेला सुशासन र सामाजिक न्याय सहितको सम्बद्धिको एकसूत्रीय भाष्य निर्माणको अभियानले माओवादीको पुनरोदय गराउने वताएका हुन्।

अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले प्राप्त उपलब्धीप्रति गौरब बोध गराउँदै बिपक्षीले गरेका दुष्प्रचारको खण्डन गर्न नसक्दा माओवादी रक्षात्मक बनेको जिकिर गर्दै पार्टीपंक्ति यसप्रति सचेत हुनुपर्ने बताए ।
वडा अधिवेशनले रेवती दाहालको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा ऐक्का थिङ, सचिवमा गजेन्द्र नारायण यादव, सहसचिवमा रेजिना सिकारी र कोषाध्यक्षमा मनिषा लामा चयन भएका छन् ।

वडा पार्टी अध्यक्ष स्वस्थी राजथलाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य शुभरत्न गोले, जिल्ला सदस्य मानबहादुर लामा, अधिवक्ता केशव गौतम, हेटौंडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापामगर, उपाध्यक्ष गुणराज घिमिरे, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीयय सदस्य गौतम केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया