हेटौंडामा बिजुलीको तार सर्ट हुँदा एक घरमा आगलागी

पालिका डायरी
४ बैशाख २०८१
आगलागीबाट ३ घर नष्ट हुँदा ५० लाखको क्षति file photo

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ रामनगर स्थित एक घरमा आगलागी भएको छ ।

स्थानीय ६८ वर्षिय आत्मलाल चौलागाईको घरमा आगोलागी भएको हो । चौलागाईको सिमेन्ट, काठ, र टायलले बनेको २ तले कच्चि घर र सगैं जोडिएको गोठमा बिजुलीको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

दमकल, स्थानीय र प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको छ क्षेतीको विवरण भने आउँन बाँकी छ ।

प्रतिक्रिया