हेटौंडामा रामेछाप काभ्रे मैत्री समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

पालिका डायरी
२ बैशाख २०८१, २०:०२
रामेछाप काभ्रे मैत्री समाज

हेटौंडा / रामेछाप काभ्रे मैत्री समाजको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रम भएकाे छ । 

नयाँ वर्ष २०८१ सालको अवसर पारेर आइतबार हेटौंडा १ काे अमर माविमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रामेछाप काभ्रे मैत्री समाजका सचिव शुक्रराज लामाले जानकारी दिए । रामेछाप काभ्रे मैत्री समाजका अध्यक्ष मान बहादुर लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा रामेछाप काभ्रे मैत्री समाजका सहसचिव देविराम लामा , कोशाध्यक्ष देवी प्रसाद गौतम , सदस्यहरु शुकदेव काफ्ले, रमेश बहादुर कोइराला , ठाकुरदास श्रेष्ठ ,कानुनी सल्लाहकार अधिवक्ता केशव प्रसाद गौतम, सल्लाहकार चेत प्रासाद पौडेल लगायतकाको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया