धादिङ बाेलेराे दुर्घटना : मृतक बालकको सनाखत, घाइते ८ जनाको नामावली

पालिका डायरी
२ बैशाख २०८१, १५:३२
धादिङ बाेलेराे दुर्घटना : मृतक बालकको सनाखत, घाइते ८ जनाको नामावली

धादिङको निलकण्ठमा आइतबार बाेलेराे दुर्घटनामा मृत्यु भएका बालकको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा १० बर्षीय बालक सन्तोष रम्तेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको पहिचान भएको छ । घाइते हुनेमा बाेलेराे चालक ३५ वर्षीय विष्णु सिर्मलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै, बाेलेराेमा सवार १३ बर्षीय कृष्ण रम्तेल र १४ बर्षीय सुदीप मजरकोटीको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुर्घटनामा मृतक सन्तोष रम्तेलका बुवा ४० बर्षीय राम रम्तेल, ३५ बर्षीय हिरा रम्तेल, ११ बर्षीय सुजन रम्तेल, १० बर्षिय प्रितम मजरकोटी र १० बर्षीय बिमल मजरकोटीको अवस्था सामान्य रहेको मिश्रले बताए ।

सामान्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौँ रिफर गरिएको छ। उनीहरु एकै परिवारको सदस्य रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ९ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको बाेलेराे दुर्घटनामा परेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया