मकवानपुरमा दुइ समुहका बिचमा कुटपिट, झगडा छुट्याउन गएका प्रहरी समेत घाइते

हेटौंडा / मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर– ६ बज्रबाराहीमा रहेको मनकामना मन्दिर नजिक दुइ समुहका बिचमा कुटपिट भएको छ । उनीहरुको झगडा छुट्याउन गएका प्रहरी समेत घाइते भएका छन् ।
मन्दिर नजिकको पिकनिक स्पोर्टमा नयाँ बर्ष मनाउन आएका थाहा नगरपालिका–११ माहाकाल र थाहा नगरपालिका ११ मालागरीका स्थानियहरु बिच पुरानो रिसिबीको कारण विबाद भई कुटपिट भएको हो ।
उनीहरुको झैझगडा हुँदा उक्त स्थानमा सुरक्षार्थ खटिएका ८ जनाको प्रहरी टोलि मध्य प्रहरी पोष्ट बज्रबाराहीमा कार्यरत रहेका ३९ वर्षिय प्रहरी सहायक हवल्दार मेगनाथ महत्तो घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनलाई सिसाको बोत्तलले टाउकोमा लागी घाईते भएका हुन् ।
उनको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा लगी उपचार भईरहेको, बाँया कानको माथि टाउकोमा चोट, ६ वटा टाका लगाएको प्रहरीले जनाएको छ । यसैगरी झैझगडामा माहाकाल तर्फका केही व्यक्तिहरु समेत घाइते भएका छन् ।