मन्त्री श्रेष्ठद्वारा भक्तपुरका योजनाहरुको निरिक्षण
बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले भक्तपुर जिल्लामा सन्चालन भएका खानेपानी योजनाहरुको अवलोकन तथा निरिक्षण गर्नुभएको छ ।
शनीबार मन्त्री श्रेष्ठले खानेपानी मन्त्रालय अन्तर्गतका खानेपानी तथा सरसफाई डिभिजन नं ५ कार्यालयबाट सञ्चालित भक्तपुरको चाँगुनारायण नगरपालिका-२ स्थित प्रगति टोल खानेपानी तथा सरसफाई उपभोक्त समिति, वडा ८ को बोजिनी सिंचाइ आयोजना र सुर्यविनायक नगरपालिका-८ मा रहेको डोलेश्वर मन्दिर पानी ट्याङ्की योजनाको निरिक्षण गर्नुभएको हो।
योजना निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले योजनाहरु समयसिमाभित्रै सम्पन्न गराउन र छिटो सन्चालनमा ल्याउन उपभोक्ता समिति, निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभएको छ । खानेपानी जस्तो संवेदनशील कुरामा दिलासुस्ती नगरी जनताले सहज खानेपानी उपभोग गर्न पाउनेतर्फ गम्भीर भएर काम गर्न निर्देशन दिनुभएको छ ।
योजना निरिक्षणमा खानेपानी तथा सरसफाई डिभिजन न ५ का डिभिजन प्रमुख लोक चौलागाई खानेपानी तथा सरसफाई डिभिजन का डिभिजन प्रमुख अनिल केशरी, उपभोक्ता समितिका पदाधिकारी, इन्जिनियर र कर्मचारीहरुको सहभागी रहेको थियो ।