निवुवाटारमा विभिन्न पार्टी परित्याग गरि ५० जना नेकपा एमाले प्रवेश
हेटौंडा / भीमफेदी गाउपालिका—४ निवुवाटारमा विभिन्न पार्टी परित्याग गरि ५० जना नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले भीमफेदी—४ कमिटीको आयोजनामा भएको वडा भेलाको अवसरमा नेकपा एस, नेपाली काग्रेस र माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेशि सोना श्रेष्ट लगायतलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली र नेकपा एमाले मकवानपुरका संयोजक एवं खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले अबिर र खादा लगाएर स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले एमाले पार्टीले गत चुनावमा गरेका प्रतिबद्धताहरू पूरा गर्दै जाँदा राम्रो लागेको बताउनु भयो । उहाँले पार्र्टीले छनोट गरेको व्यक्ति अर्थात वडा अध्यक्ष सागर पाण्डेले निःस्वार्थ भावको समाज विकासका लागि गरेका कार्यशैली र पार्टीको सिद्धान्त मन परेर म लगायत अन्य पार्टीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको बताउनु भयो । श्रेष्ठले आफ्नो व्यक्तित्व र कार्यशैली एमाले पार्टीसँग मेल खाएकाले यसमा प्रवेश उहाँको भनाई रहेको थियो ।
नव प्रवेशिलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले ठूलो संख्यामा पार्टी प्रवेशले विकासको काम नेकपा एमालेले मात्रै गर्छ भन्ने जनतामा विश्वास पैदा गरेको बताउनुभयो । यस्तै उहाले सबैलाई पार्टी सदस्य वृद्धि गर्न तर्फ लाग्न आग्रह गर्नुभयो ।