मन्त्री श्रेष्ठद्वारा ज्ञानदा माविको ३ तले भवन शिलान्यास 

पालिका डायरी
२७ चैत्र २०८०, १६:२८

हेटौंडा  / हेटौंडा १० मा रहेको ज्ञानदा माध्यामिक विद्यालयको तीनतले भवन निर्माणको शिलान्यास गरिएको छ । 

१८ कोठा रहेको तीन तले भवनको आज मंगलबार बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले भवनको निर्माणसँगै शिक्षाको गुणस्तर र विद्यार्थी संख्या वृद्धिमा विशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो ।

हेटौंडा बजारको बिचमा रहेको यस विद्यालयको सबै मिलेर जगेर्ना गर्नुपर्ने भन्दै मन्त्री श्रेष्ठले अहिले विद्यार्थी संख्या कमी भएका थुप्रै विद्यालयहरू अरु विद्यालयमा मर्ज भै रहेका छन् । ५ दशकअघि स्थापित इतिहास बोकेको ज्ञानदानको जगेर्ना गर्न आवश्यक छ । उहाँले भन्नुभयो । भुकम्पले क्षति पुर्याएको विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा लामा, वडा सदस्यहरू, गोरक्षेश्वर संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा, भुटनदेवी मन्दिर समितिका अध्यक्ष राममान श्रेष्ठ लगायतको उपस्थिति थियो ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग कुल १ करोड ६३ लाख रुपैयाँको लागतमा सुरु भएको विद्यालयको निहारिका जेभीले निर्माणको ठेक्का पाएको छ । २०८० पुष २० गते निर्माण सम्झौता भएको विद्यालय निर्माणकार्य २०८१ पुस १९ गतेभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया