एउटै कोठामा मृत भेटिए दिदी-बहिनी
कैलालीमा एउटै कोठामा दिदी बहिनीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका-१० ठेबारमा सहोदर दिदीबहिनी मृत फेला परेका हुन् । २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्राको शव एउटै कोठामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
टिनले छाएको काठको दुईतले कच्ची घरको तल्लो कोठामा उनीहरू मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया