नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश ५ औं प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर कार्यक्रम हेटौंडामा
हेटौंडा / नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश ५ औं प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर लाई सम्बोधन गर्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री गंगाानारायण श्रेष्ठले रेडक्रसले सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए ।
रक्तदान सेवा , एम्बुलेन्स सेवा तथा अन्य जोखिम युक्त सेवाहरूमा पनि सक्रिय रहेर स्वयंसेवक को भूमिका निभाएको कुरा प्रति प्रदेश सरकार सराहना गर्दछ तर संस्थामा राजनीतिको गन्ध आउन थालेको जनगुनासो बढेको को प्रति रेडक्रसको ध्यानाकर्षण हुन जरुरी रहेको बताए । रगत लाई निशुल्क गर्ने व्यवहारिक निर्णयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सिद्धार्थ मावि हेटौंडा तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुरको आतिथ्यतामा हेटौंडामा कार्यक्रम भैरहेको छ । नेपाल रेडक्रस सोसाइटी का बागमती प्रदेश अध्यक्ष भोलानाथ रुपाखेती काे सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपमहामन्त्री मनोजकुमार थापा , केन्द्रिय सदस्य तथा जुयुस संयोजक विष्णु राज नेपाल ,जिल्ला सभापति लालबहादुर थापा, मन्त्री सुमित्रा काफ्ले, उपमन्त्री शिवहरी दाहाल लगायत १३ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको र कार्यक्रम २८ गते समापन हुने जनाईएको छ ।