आँखा उपचार उत्कृष्ट हुनुपर्छ : मन्त्री थपलिया

पालिका डायरी
२३ चैत्र २०८०

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आँखा उपचार उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घ संघले उत्कृष्ट अस्पतालहरु संचालन गरेको भन्दै प्रसंशा गर्नुभएको छ । आँखा जस्तो सम्वेदनसिल अङ्गको उपचारमा दिएको उत्कृष्ट सेवालाई अझै स्तरीय र विस्तार गर्न आग्रह गर्नुभएको छ ।

अस्पतालहरु नमूना अस्पतालको रुपमा विकास भएकोले यसको सहजतालाइ अझै ब्यबस्थित बनाउनुपर्ने बताउनुभयो । नेपाल नेत्रज्योति संघको चितवनमा आयोजित केन्द्रिय साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थपलियाले लाखौं विरामीहरुको लागि आँखा अस्पताल वरदान नै साबित भएको बताउनुभयो । सेवाग्राहीलाई सर्वसुलभरुपमा छिटो–छरितो सेवा कसरी दिन सकिन्छ भन्नेमा सदैव सचेत रहन आग्रह गर्नुभयो । जनशक्तिको समूचित व्यवस्थापन गरी अस्पतालबाट प्रदान गरिने सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो । विरामीहरुको चाप बढेपनि सेवामा कुनै कमी हुन नदिन अस्पताल व्यवस्थापनलाई सहज बनाउन कुनै कसर राख्न नहुने बताउनुभयो । सेवा विस्तारको लागि प्रदेश सरकारले नेत्रज्योति संघलाई सहयोग गर्ने बताउनुभयो ।

नेपाल नेत्रज्योति संघले सन् २०२५ सम्ममा अन्तराष्ट्रिय आँखा सम्मेलन गर्ने लक्ष्य राखेकोमा खुशी व्यक्त गर्नु भयो र कार्यक्रममा बोल्नु हुदै मेडिकल टुरिजमको प्रवर्धन गर्न आटेकोमा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रम नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष डा। चेतराज पन्तको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया