चितवनमा मासु खादा घाँटीमा हड्डी अड्किएर एक जनाकाे मृत्यु

हेटौंडा / चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित शारदा नगरमा एक जनाको मासु खादा घाँटीमा हड्डी अडकिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ जिल्ला घर भएका २२ बर्षीय करण सुनुवार रहेका छन् । उनी चितवनमा काकाको घरमा बस्दै आएको थिए । सुनारले मासु खाँदा घाँटीमा मासुको हड्डी अडकिए पछि स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार पश्चात औषधी सेवन गरी काकाको घरमानै बसीरहेका थिए । हिजो बिहीबार बिहान थप समस्या देखिएपछि भरतपुर सरकारी अस्पताल ल्याई थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया