हेटौंडामा ३ दिने क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सुरु
हेटौंडा / हेटौंडामा क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम शुरु भएको छ ।
हेटौंडाको ७, ८ र ९ नम्बर वडामा रहेका होल विकास संस्थाका पदाधिकारीहरूलाई लक्षित गरि तालिमको आयोजना गरिएको हो । २० गते मंगलबार देखि सुरु भएको तालिम ३ दिन सम्म चल्ने टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहालले जानकारी दिए । टोल विकास नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारीको सभाध्यक्षता तथा हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा तालिमको सुरुवात गरिएको हो ।तालिममा महासचिव शिवहरी दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ लगायतले सहजीकरण गर्दछन् ।
कार्यक्रममा टोल विकास अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई लक्षित गरी तालिमको आयोजना गरिएको जनाइएको छ । तालिममा हेटौंडा ७, ८र ९ नम्बर वडाका ५५ जना सहभागी रहेका छन् ।
प्रतिक्रिया