हेटौंडामा इसाई धर्मावलम्बीले मनाए इष्टर सन्डे

पालिका डायरी
१८ चैत्र २०८०
हेटौंडामा इसाई धर्मावलम्बीले मनाए इष्टर सन्डे file photo

जी. न्यौपाने

हेटौंडा / विश्वभरका इसाई धर्मावलम्बीले आज इष्टर सन्डे मनाएका छन् । इष्टर सन्डेको अवसरमा आज हेटौंडामा इसाई समुदायले इष्टर र्‍याली निकालेको छ । 

आज हेटौंडाको वनविज्ञान अध्ययन संस्थानबाट निकालिएको र्‍याली नगर परिक्रमा गरि हेटौंडाको  बुद्धचोकमा आएर कोणसभामा परिणत  भएको थियो । येशुख्रीष्ट शुक्रबारका दिन क्रुशमा  मारिनुभयो , चिहानमा गाडिनु भयो र आइतबारका दिन मरेकोबाट जीवित हुनुभयो । त्यसै दिनलाई पुनरुत्थान दिवस तथा इष्टर सन्डे भनिन्छ ।

यस दिनमा इसाईहरू आ–आफ्नो चर्चमा भेला भएर खुशी साटासाट गर्दै भजन गाउँछन् र प्रार्थना गर्छन् ।

 

 

प्रतिक्रिया