उपयोगी बचत तथा ऋण सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पालिका डायरी
१७ चैत्र २०८०
उपयोगी बचत तथा ऋण सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

हेटौंडा / हेटौंडा ११ स्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा गरिएको एक दिने निशुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिविरमा १४१ जनाले दन्त र ११० जनाले प्रेसर , सुगर परिक्षण गराएका थिए । शिविरमा ६७ हजार रुपैयाँ बराबर को निशुल्क औषधी समेत बितरण गरिएको कार्यक्रम संयोजक यज्ञराज आचार्यले जानकारी दिए । 

उपयोगी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नवलपुर शहरी स्वास्थ्य विकास शाखाको समन्वय तथा हंस डेन्टल क्लिनिक को सहकार्यमा शिविर भएको हो । शिविर मा हंस डेन्टल क्लिनिक का डाक्टर रिती गुप्ता लगायतको टोलीले दन्त परिक्षण गरेका थिए । 

६७ औ राष्ट्रिय सहकारी दिवस को अवसरमा गरिएको कार्यक्रममा मकवानपुर जिल्ला बचत संघ कि अध्यक्ष कल्पना श्रेष्ठ , नवलपुर शहरी स्वास्थ केन्द्रकि प्रमुख मिना कुमारी , वडा सदस्य विकास नेपाल , सञ्जय बिडारी , गोपिनी सापकोटा , बागेश्वरी बचत तथा ऋण सहकारी कि व्यवस्थापक शर्मिला श्रेष्ठ लगायतको  आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया