जे एन्ड बी बारिष्टा एकेडेमीमा १ दिने तालिम सुरु
जी. न्यौपाने
हेटौंडा / हेटौंडा स्कुलरोड स्थित जे एण्ड बी बारिष्टा एकेडेमीले १ दिने समय व्यवस्थापन र व्यक्तित्व विकास तालिम दिन शुरु गरेको छ ।
जे एन्ड बी बारिष्टा एकेडेमीले बारिष्टा, शुसी लगायत विदेशी खानाको साथै समय व्यवस्थापन र व्यक्तित्व विकासको तालिम दिँदै आएको एकेडेमीका सञ्चालक तथा प्रशिक्षक जगदिश बिडारीले बताए । बिडारीले भने हामीले बारिष्टा, शुसी लगायतका तालिमहरूको साथै होटल, रेष्टुरेन्ट, कफी बारमा आएका पाहुनाहरूसँग कसरी बाल्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा पनि सिकाउदै आएका छौं।
हाल यस्तो खाले तालिममा विद्यार्थीहरूको आकर्षण बढ्दो रहेको बिडारीले बताए ।
प्रतिक्रिया


