त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो

पालिका डायरी
१७ चैत्र २०८०, १०:०२

आज (शनिबार) बिहान काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। प्रहरीका अनुसार मृतक पाँचै जना गोरखाका हुन्।

मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही स्थानका ४१ वर्षीय हरिमायां रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन राेकाय छन्।

यस्तै बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ कै ट्याक्सीमा सवार १८ वर्षीय दिवश रोकाय रहेका प्रहरीले जनाएको छ।

दिवस पनि साेहि ट्याक्सीमा रहेकाे आफन्तले बताएका मुग्लिन प्रहरीले जानकारी दिएकाे छ।

आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।

प्रतिक्रिया